चितवन – भरतपुरमा एक व्यक्ती मृत फेला परेका छन् । आज (बुधवार) १० : ३० बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनी स्थित राप्ती नदिमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ३१ बर्षिय प्रसन्न न्यौपाने मृत फेला परेका हुन् ।
शव राप्ती नदिमा डुबिरहेको अवस्थामा माझीले देखि नदिको किनारमा तानेर राखेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी बछौलीबाट प्रहरिको टोली गई घटनास्थल सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी बिजयराज पण्डितले जानाकारी दिए ।



उक्त स्थानमा ईलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरिक्षकको कमाण्डमा अनुसन्धान टोली गएको उनले जानाकारी दिए ।