मुस्ताङको थासाङमा बस दुर्घटना, १६ जना घाइते

एटुजेड समाचार

काठमाडौँ – मुस्ताङमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुधबार बिहान पोखराका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका असई कृष्ण पोखरेलका अनुसार ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुमा दुर्घटनाग्रस्त भएको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी-जोमसोम सडकखण्डमा दुर्घटना भएको हो । बस कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकृत प्रहरी निरीक्षक राजकुमार तामाङले बसमा १७ जना रहेको बताए । घाइतेहरूलाई उपचारका लागि नजिकै रहेको लेते अस्पताल लगिएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू