चितवन – भरतपुरमा अवैध नदीजन्य पदार्थ ओसार्दै गरेका ६ टिप्परलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीले भरतपुर महानगरपालिका वडा नम्बर १० र नम्बर ११ का विभिन्न सडकखण्डबाट टिप्परलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरीको टोलीले मंगलबार अवैध नदीजन्य पदार्थ ल्याउँदै गरेका ना ७ ख २९७५, ना ८ ख ४३७९, ना ७ ख ३७८२, ना ६ ख २२७०, ना ६ ख ६७२७ र बा प्र–०३–००१ क ०८६५ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको हो ।उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त एवम् डिएसपी बिजयराज पन्डितले जानाकारी दिए ।



फाईल तस्विर