गैंडाकोटका मेयरद्वारा पत्रकार हिरालाल आचार्यमाथि दुव्र्यहार,महासंघ चितवनद्वारा बिज्ञप्ति जारी

एटुजेड समाचार

चितवन – पत्रकार हिरालाल आचार्यलाई समाचार संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख भदनभक्त अधिकारीबाट भएको दुव्र्यवहारको पत्रकार महासंघ चितवनले निन्दा गरेको छ । महासंघका सचिव दीपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी नगरप्रमुखको प्रतिक्रिया लिने क्रममा दुव्र्यवहार हुनु दुःखद् भएको उल्लेख गरिएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ “फागुन २ गते नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा ग्लोक्सी फोर के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्यलाई सूचना संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीबाट उहाँकै कार्यक्षमा दुव्र्यवहार भएको घटनामा महासंघ चितवन शाखा निन्दा व्यक्त गर्दछ ।”

विज्ञप्तिमा नगरपालिकामा भईरहेको कामबारे जनगुनासो आएपछि सूचना लिन पुगेका पत्रकार आचार्यमाथि नगरप्रमुखको प्रतिक्रिया लिने क्रममा दुव्र्यवहार हुनु दुःखद विषय भएको जनाईएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ “स्वतन्त्रतरुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि हामी स्थानीय प्रशासनसँग माग गर्दछौं ।” सम्पूर्ण पत्रकारको पेशागत सुरक्षा र भयरहित वातावरण्यामा काम गर्न पाउने संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न महासंघले जोडदार माग गरेको छ ।

पत्रकार आचार्य आज गैंडाकोट नगरपालिकाका प्रमुख अधिकारीको प्रतिक्रिया लिंन जाँदा उनिमाथि दुव्र्यवहार भएको पत्रकार आचार्यले बताए । उनले नारायणी नदी किनारमा फोहोर फ्याक्ने र सोही ठाउँबाट नदीजन्य पदार्थ संकलन गर्ने कार्य भईरहेको बारेमा रिपोर्टङ गर्न आफू त्यहाँ गएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू