करिब २४ केजी चरेससहित त्रिभुवन विमानस्थलबाट ३ महिलासहित चार थाई नागरिक पक्राउ

एटुजेड समाचार

काठमाडौं- स्वदेश फर्कन लागेका चारजना थाई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तीन महिला र एकजना पुरुष छन् । माघ २८ गते थाई लाइन एयरलाइन्सबाट फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट उनीहरू पक्राउ परेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट २३ केजी ८ सय ग्राम चरेस बरामद भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु