काठमाडौँ – मंगलबार सेयर बजारको परिसूचक नेप्से २१०५ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १६.४० अंकले नेप्से घटेर २१०५ अंकमा कायम भएको हो । कारोबार रकम जम्मा १ अर्ब ७८ करोडमा खुम्चियो । आइतबार ३ अर्ब ४ करोडको कारोबार भएको थियो भने सोमबार कारोबार बन्द रह्यो ।
कुल ४५ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थिर रहृयो । उत्पादनबाहेकका सबै उपसमूह ओर्लिएका छन् । सो उपसमूह १६ अंक बढ्यो । बैंकिङ १०, विकास बैंक ३६, फाइनान्स ११, होटल तथा पर्यटन २६, जलविद्युत २४, जीवन बीमा ८५, माइक्रोफाइनान्स ४६, निर्जीवन बीमा ४९, अन्य ९ र ब्यापार उपसमूह ११ अंक घटे । युनिलिभरको मूल्य सबैभन्दा धेरै ६.१ तथा राप्ती हाइड्रोको ५.२ प्रतिशत बढ्यो । बाराही हाइड्रोको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, ङादी ग्रुप, एनआईसी एसिया बैंक, नेपाल इन्स्योरेन्स र अपी पावर क्रमशः अगाडि रहे ।

