राष्ट्रिय टिममा सन्दीपको शानदार पुनरागमनः दोस्रो बलमै विकेट

एटुजेड समाचार

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिममा शानदार पुनरागमन गरेका छन्। बलात्कारको अभियोगमा भदौदेखि राष्ट्रिय टिम बाहिर रहेका सन्दीपले विश्वकप क्रिकेट लिग २ अन्तरर्गत आजदेखि सुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नामिबियाविरुद्ध पहिलो पटक टिममा स्थान बनाए।

नेपालले टस जितेर फिल्डिङ रोजेको खेलको १२औं ओभरमा बलिङमा आएका सन्दीपले दोस्रो बलमै नामिबियाका ब्याटर कार्ल बिर्केनस्टोकलाई बोल्ड गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू