प्रधानमन्त्री प्रचण्ड र कोरियाका राष्ट्रपतिका राजनीतिक सल्लाहकारबीच शिष्टाचार भेट

एटुजेड समाचार

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण कोरियाका राष्ट्रिपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मिनले शिष्टाचार भेट गरेका  छन्

मंगलबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि सोमबार  कोरियाका राष्ट्रपतिका विशेष दूत जाङले परराष्ट्रमन्त्री डा.विमला पौड्यालसँग भेट गरेका  थिए। भेटमा दुई देशबीचको आपसी सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो।

१७ सदस्यीय टोलीको नेतृत्व गर्दै जाङ आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। जाङ नेतृ्त्वको टोली आजै बंगलादेश प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले  जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू