सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

एटुजेड समाचार

काठमाडौं – छापावाल सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले  घटेको छ। अघिल्लो दिन प्रतितोला  १ लाख ४ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर छ। प्रतितोला १ हजार २ सय ९५ कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु