देउवासँग भारतीय विदेश सचिव क्वात्राको भेट

एटुजेड समाचार

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवाले ट्विटरमार्फत भेटबारे जानकारी गराएका छन् । उनले आफूहरूबीच दुई देशबीचको सम्बन्धनलाई थप बलियो बनाउने विषयमा छलफल भएको बताएका छन् ।

“हामीले पारस्परिक हितका विभिन्न पक्षमा छलफल गरेका छौँ,” देउवाले भेटको फोटोसहित गरेको ट्विटमा भनेका छन्, “नागरिकस्तरको सम्बन्धलाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको छ ।”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू