यातायात मजदुर कुटिएकाे विराेधमा काठमाडौं उपत्यका बन्दकाे घाेषणा

एटुजेड समाचार

काठमाडौं -यातायात मजदुरले भोलि उपत्यका बन्द गर्ने भएका छन् ।

आगामी ४ गतेदेखि यातायात क्षेत्रको सुधारको लागि १० बुँदे मागका विषयमा लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको भन्दै भोलि उपत्यका बन्द गर्ने भएको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भोलि उपत्यका बन्दको घोषण गरेको बताए ।

उनले भने, ‘यातायात मजदुरले आज १ बजे आगामी ४ गतेदेखि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न कार्यक्रम राखेका थियौं । हाम्रा मजदुरमाथि भएको आक्रणको विरोधमा भोली उपत्यका बन्दको घोषण गरेका हौं ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु