मृतक आचार्यको परिवारलाई ५० लाखभन्दा बढी बीमा भुक्तानी

एटुजेड समाचार

मङ्गलबारे – प्रेम आचार्यको परिवारलाई बीमा कम्पनीले रु ५० लाख १२ हजार एक सय ९४ दाबी भुक्तानी गरेको छ ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमावापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो ।

नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको उपचारका क्रममा र्कीतिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट बिहान मृत्यु भएको थियो ।कम्पनीले दाबी भुक्तानी बापतको मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत् हस्तान्तरण गरेको कम्पनीका इलाम शाखाका प्रमुख टङ्क श्रेष्ठले बताए ।आचार्यको निधनभएपछि उनको परिवारलाई देश विदेश तथा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सहयोग प्राप्त हुँदै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु