कपडासहित दुई ट्रक प्रहरी नियन्त्रणमा
वीरगन्ज – वीरगन्जबाट प्रहरीले फेरि तस्करीको सामान रहेको आशंकामा दुईवटा कन्टेनर सहितको ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी सिर्सियबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-२५ ड्राइपोर्ट चोकबाट ना६ ख ४००६ र ना६ ख ४६०८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेका ती दुवै ट्रकमा रहेका कन्टेनरमा सिलबन्दी नरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
ती दुवै कन्टेनरबाट ३६ लाख ८८ हजार ९१ रुपैयाँ मूल्य बाराबरको कपडा बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए।
सिलबन्दी नभएको शंकास्पद अवस्थामा भेटिएका कपडा सहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यलाय पथलैया बारामा बुझाइएको जानकारी उनले दिए।
तपाइँको प्रतिक्रिया