गोरखाबाट जफत गरीएको १८३ किलो कुड्की गायव

गोरखा । २०७९ साल मंसिर २२ गते धार्चे गाउँपालिका माछाखोलाबाट अवैध रुपमा ल्याइएको ५ सय २३ किलो कुड्की सहित प्रहरीले ग्याल्जेन लामा पक्राउ परेका थिय ।
पक्राउ परेका ग्याल्जेन लामाबिरुद्ध मुद्दा चल्यो र विगोको दोब्बर जरिवाना रकम तिरेर उनी छुटे । प्रहरीले जफत गरेको ५ सय २३ किलो कुड्की मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को कार्यालय गोरखामा बुझायो ।
एमक्यापले कोठा भाडामा लिएर कुड्की भण्डारण गर्यो । लिलाम बिक्रीका लागी मंसिर महिनामा सुचना प्रकाशित गर्यो । तर निवेदन परेन । चौथो पटक प्रकाशित सूचनापछि मात्रै धार्चे गाउँपालिका-५ स्थित जुङकाङ जडिवुटी तथा कृषि पशुपंक्षी प्रालिको निवेदन पर्यो र स्वीकृत भयो ।


प्रालिका संचालक मानबहादुर गुरुङले बिहीवार ५ सय २३ किलो कुड्कीका लागि प्रति केजी ७ सय ११ रुपैयाँका दरले तीन लाख ७१ हजार ८५३ राजश्व बुझाए । तर कुड्की लिने बेला ३ सय ४० केजी मात्र देखियो । १ सय ८३ केजी कुड्की कता हरायो भनी उनी आफै चकित परे ।
तपाइँको प्रतिक्रिया