लियो इन्टिमेसी युथ क्याम्प–२०२३’ माडीमा हुने

चितवन – लियो इन्टिमेसी युथ क्याम्प–२०२३ हुने भएको छ । लियो जिल्ला परिषद् ३२५ आर नेपाल र लियो क्लव अफ नारायणगढ चित्रवनकोआयोजनामा ‘लियो इन्टिमेसी युथ क्याम्प’ क्याम्प–२०२३’ तीन दिनसम्म चितवनको माडीमा हुने भएको छ ।
क्याम्पको पहिलो दिन देवघाटमा उद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन पश्चात क्याम्पमा सहभागिहरुलाई देवघाटदेखि नारायणगढ पुलसम्म नारायणी नदीमा ¥याफ्टिङमा शयर गराइने छ ।
त्यसलगत्तै सहभागिहरु माडी प्रस्थान गर्ने र माडीस्थित अयोध्यापुरी सामुदायिक होमस्टेमा बास बस्ने व्यवस्था मिलाईएको लियो जिल्ला परिषद् ३२५ आर नेपालका एरिया अध्यक्ष पुरुषोत्तम अधिकारिले बताए ।


दोस्रो दिन माडीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गराइने छ । विहान वैकुण्ठ ताल र रामजानकी धाम भ्रमण गराइनुको साथै दिउँसो सोमेश्वरगढी हाइकिङ र क्याम्प फायर कार्यक्रम रहेको अधिकारिले जानकारी दिए ।
तेस्रो तथा अन्तिम दिन विशेष व्यक्तित्वको अनुभव आदान प्रदान गराइने र दिउँसो क्याम्पको औपचारिक रुपमा समापन गरिने उनले बताए ।
लियो सदस्यहरुबीच आत्मीयता बढाउनुको साथै नयाँ ठाउँको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप युथ क्याम्प आयोजना गरिएको उनको भनाई छ ।
युथ क्याम्पमा ४० जना लियो सदस्यहरुले सहभागिता जनाउँदै छन् ।
कार्यक्रमको सहयोगी संस्थाहरुको रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढ, शुभ पेट्रोल्याण्ड लायन्स चोक, सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि.,पन्त एण्ड सन्स हार्डवेयर सप्लायर्स, चिया दरबार, एसियन फार्मेसी, आलु पट्याटो चिप्स, विन्दबासीनी इन्टरनेशनल इन्स्टिच्युट, माडी नगरपालिका र विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट रहेका छन् ।
तपाइँको प्रतिक्रिया