लियो क्लब अफ चितवनद्वारा आगोलागी पिडितलाई खाद्यान्न सहयोग

राप्ती। लियो क्लब अफ चितवन स्टारले आगोलागी पिडितलाई खाद्यान्न सहयोग गरेको छ ।
क्लबले इन्दिरा सिलवाल र मन्दिरा सिलवालको सहयोगमा राप्ती–११ स्थित सिमलडाँडाका तोक बहादुर चेपाङ र बुधराम चेपाङलाई सह्योग गरेका हुन। उनिहरुको घर केहि दिन अगि आगलागी भएको थियो ।
सो परिवारलाई क्लबले न्यायो कपडाहरु सिरक, तन्ना, डसना, झुल र खाद्यान्न सामग्रीहरु चामल, नुन, तेल, मसाला वितरण गरिएको लियो क्लब अफ चितवन स्टारका अध्यक्ष अविप कँडेलले बताएका छन। आगोले जलेर घरका सम्पूर्ण सामग्री नष्ट भएका कारण सामाग्रीहरु सहयोग गरिएको उनले बताएका छन् ।


तपाइँको प्रतिक्रिया