विगतमा कानून पालना गराउनेलाई आदेश पालना गराइयो : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताएका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले, “कानून पालना गराउनेलाई आदेश पालना गराउने बनाइएको रहेछ, राज्य संयन्त्रलाई थिलोथिलो बनाउने पक्षबाट नै धेरै प्रश्न आउन गरेका छन् ।” नेपाली जनताले ठूलो आशा, भरोसा र अपेक्षा गरेर आफूहरूलाई निर्वाचित गरेर पठाएको स्मरण गर्दै उनले जनअपेक्षा पूरा गर्न प्रणाली सुधार आवश्यक रहेको बताए ।
राज्यका संयन्त्र गिँजोलिएका छन् तीनलाई ट्र्याक बाहिर लगिएको छ। उपप्रधानमन्त्री लामिछानेले भने “छिट्टै परिणाम देखिनेछ । नेपाली जनताको हितको बहसमा केन्द्रित होस् भन्ने आफूले चाहेको उनको भनाइ छ । संसद्को गरिमा कायम रहने गरी सबैले भूमिका खेल्नुपर्छ पनि उनले बताए । रासस
तपाइँको प्रतिक्रिया