झापाको चिया बगानमा युवायुवती मृत अवस्थामा फेला

विर्तामोड माघ १०। झापाको कचनकबलमा एक युवक र एक युवती मृत फेला परेका छन् ।
मंगलबार बिहान कचनकवल गाउँपालिका ४ केचनास्थित चिया बगानमा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरूको शब फेला परेको हो ।
दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी वसन्त पाठकले जानकारी दिए ।
चिया बगानभित्रको एउटा रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । तीन महिना अघि भागेर बिहे गरेका उनीहरुलारुई परिवारले अस्वीकार गरेपछि आत्महत्या गरेको बताइएको छ । उनीहरुको बिवाहलाई केटा पक्षले स्वीकार पनि केटीका बुबाले राजेशविरुद्ध मुद्धा हालेका थिए ।


तपाइँको प्रतिक्रिया