सांसद मिँयाद्वारा रत्ननगरका विपन्न बालवालिकालाई न्यानो कपडा वितरण

चितवन। प्रतिनिधि सभा सांसद कल्पना मिँयाले रत्ननगर नगरपालिकाका मुश्लिम, थारु तथा विपन्न समुदायका बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।
माओवादी केन्द्रबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी मियाले पहिलो महिनाको तबलबाट रत्ननगरका ९१ जना बालवालिकालाई न्यानो कपडा वितरण गरेकी हुन ।
नेकपा माओवादी केन्द्र रत्ननगरले कार्यक्रमको आयोजना गरी गत शनिवार बालवालिकालाई कपडा वितरण गरेको हो । भने नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश कमिटीका सचिवालय सदस्य राजु अम्गाई,प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली,नगर कमिटी अध्यक्ष श्याम बरालले सयुक्त रुपमा बालवालिकालाई कपडा हस्तान्तरण गरेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी प्रदेश कमिटी कोषाध्यक्ष भट्टराईले सांसद कल्पना मिँयाले पहिलो महिनाको तलबबाट विपन्न बर्गका वालवालिकालाई गरेको सहयोग उदाहरणीय कार्य रहेको बताइन । यस्तै कोषाध्यक्ष भट्टराईले गरिव र दुखी माथि शासन गर्ने कामको अन्त्य नभइनसकेको भन्दै धनी र गरिब बीचको असमानता हटाउने आन्दोलन जारी रहेको बताइन । यस्तै सो कार्यक्रम नगर कमिटी अध्यक्ष श्याम बरालको अध्यक्षतामा आयोजना गरिएको थियो ।


तपाइँको प्रतिक्रिया