दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

चितवन – दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको २१ औं वार्षिकोत्सव तथा १५ औं साधारणसभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगर स्थित उपभोक्त समुहको २१ औं वार्षिकोत्सव तथा १५ औं साधारणसभा सम्पन्न भएको हो ।
समुहले आज नै ५ औं अधिवेशन समेत गरी नयाँ कार्य समिति चयन गर्न लागेको छ ।
उपभोक्ता समुहका अध्यक्ष हिरामणी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी मद्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैलाई हातेमालो गरेर अगाडि बढ्नु पर्ने आवश्यक रहेको बताए ।


कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णलला श्रेष्ठ लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, संघ संथाका प्रतिनिधि तथा स्थानिय उपभोक्ताहरुले आफ्नो धारण व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानिय उपभोक्ताहरु समाजसेवी, संस्थाको अन्य पदाधिकारीहरुको लगाएतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया