भरतपुरमा पार्थ स्किन एण्ड हेयर क्लिनिक सञ्चालनमा

भरतपुर – भरतपुरमा पार्थ स्किन एण्ड हेयर क्लिनिक सञ्चालनमा आएको छ । छाला, कपाल र यौन रोग सम्बन्धि विरामीलाई लक्षित गरी भरतपुर १० स्थित दूरसञ्चार रोडमा पार्थ स्किन एण्ड हेयर क्लिनिक सञ्चालनमा आएको हो ।
आज (शनिबार) डा सौरब ढकाल, डा अस्मिता के.सी र उनकी छोरी श्रीयांसी ढकालले रिवन काटेर क्लिनिकको उद्घाटन गरेका हुन् ।
डण्डीफोर, चाया, पोतो, दाद, उकुच, मुसा, मासु पलाएको, यौन रोग, दुबी, कत्ले रोग, ट्याटु हटाउने, छाला तन्काउने र कसिलो बनौउने, कपाल झर्ने लगायत सम्पूर्ण छाला र यौन सम्बन्धी समस्या हुनेहरुलाई सेवा दिने उद्धेश्यले क्लिनिक संचालनमा ल्याईएको हो ।


सौन्दर्य सम्बन्धी हाइड्रा फेसियल, भ्याम्पाएर फेसियल, मेडी पिल, पिआरपि, कार्बन लेजर पिल सम्बन्धि सेवा आधुनिक लेजर प्रविधिबाट गरिने कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा.अस्मिता केसीले बताईन् ।
स्थापनाको अवसरमा क्लिनिकमा सेवा लिन आउँनेलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको क्लिनिकका निर्देशक संजिव पाण्डेले बताए । अनलाईन बाट समेत विरामीले क्लिनिकमा आफ्नो समय लिन सक्नेछन् । क्लिनिकमा उपचार तथा परामर्शका लागि अनुभवी चिकित्सहरु रहनुहुनेछ।
उनले आफ्नो छालाको हेरचाह सुरुवात देखिनै गरे ठूलो समस्या ननिम्तिने बताउदै बिज्ञ चिकित्सक द्वारा आवस्यक परामर्श र सेवा लिई अनुहारमा चमकता कायम राख्न अनुरोध गरे ।
तपाइँको प्रतिक्रिया