विमान दुर्घटनाबारे पर्यटन मन्त्री किराती प्रतिनिधि सभालाई जानकारी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराएका छन।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले पोखरा विमानस्थल नजिकै आइतबार बिहान १०ः५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोजमा खसेको र विमानमा चालक दलसहित ७२ जना सवार रहेको सभालाई जानकारी गराए ।
हालसम्म ७१ यात्रुको शव फेला परेको र उनीहरूको पोखरा र काठमाडौँमा रहेका अस्पतालमा शव परीक्षण गरी आफन्तलाई हस्तान्तरण गर्ने कार्य भइरहेको पनि मन्त्री किरातीले सदनमा उलेख गरेक छन।
उनले विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेतको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको जानकारी गराए ।
दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ अनुसार दुर्घटना जाँच आयोग गठन गरेकाेमा आयोगले कार्य सञ्चालन गरिसकेको पनि मन्त्री किरातीले जानकारी दियक छन ।
विमान दुर्घटना हुन नदिन सरकारले सोही दिनदेखि आन्तरिक उडान भर्ने जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था गरेको भन्दै मन्त्री किरातीले आगामी दिनमा यस्ता घटना दोहरिन नदिन प्राधिकरणलगायत निकायलाई निर्देशन दिइएको र हवाई सेवाको हवाई सुरक्षाप्रति सरकार गम्भीर रहेको बताए ।
सरकारले मृतकप्रति श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना अर्पण गरेको छ ।
तपाइँको प्रतिक्रिया