प्रधानमन्त्री प्रचण्ड टिचिङ अस्पतालमा, बिमान दुर्घटनामा ज्यान गुमाएका परिवारसँग भेट

एटुजेड समाचार

काठमाडौं, ५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका प्रधानमन्त्री सचिवलयले जानकारी गराएको छ।

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न,पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि निर्देशन दियका छन।

साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न र् सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन ।

यसै क्रममा परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोग गर्ने प्रतिबध्ता बेयक्त गरेका छन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु