न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबध्ता ; मेयर रेनु दाहाल

एटुजेड समाचार

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यानो कपडा वितरण कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बाटयकी छ्न ।

मंगलबार भरतपुर महानगरपालिकामा रहेका अटिजम विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै मेयर दाहालले भरतपुरको शैक्षिक गुणस्तर वृद्धि गर्न यो कार्यक्रमलाई निरन्तरता दिईने बाताएकी हुन।

भरतपुरमा रहेका अटिजम विद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । फरक क्षमता भएका विद्यार्थीहरुलाई प्रथामिकतामा राखेर न्यानो कपडा वितरण गरिएको मेयर रेनुले बाटयकी छ्न

यस्तै विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउनको लागि महानगरपालिकाले विद्यार्थीमैत्री कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको र निःशूल्क तथा आद्यारभूत शिक्षा उपलब्ध गराउन महानगरले विद्यालयको अवस्था हेरेर निःशूल्क बस वितरण, निःशूल्क खाजा, छात्रावृति लयायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

साथै भरतपुर महानगरपालिकाले यस वर्ष दिने न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । भने यस वर्ष १४ सय ३० जनालाई न्यानो कपडा वितरण गरिएको महानगरका शिक्षा महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौड्यलले जानकारी गराए।

यसअघि महानगरपालिकाले भरतपुरका १२ वटा सामुदायिक विद्यालयका विपन्न १ हजार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिसकेको छ । विषेश गरी चिसो मैसमका कारण विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले विगत ४ वर्ष देखि न्यानो कपडा वितरणलाई निरन्तरता दिदै आईरहेको छ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु