काठमाडौँ,। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट भयको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको हो।
भेटका क्रममा उनीहरु बीच दुई देशबीचको पुरानाे सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो।