मन्त्र वाचन गराउँदै मन्त्री पाण्डेको पदभार ग्रहण, सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाइने

एटुजेड समाचार

काठमाडौं – नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन् ।

पण्डितमार्फत मन्त्र वाचन गराउँदै पदभार ग्रहण गरेका उनले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेकोले सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताए ।

पाण्डेले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए । उनेले अब नेपालको कालिगण्डकी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए ।

उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए । मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको हो ? छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताउँदै उनले काम शुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू