नेपाल टेलिकमको सिस्टम डाउन, फोन र एसएमएसमा देखियो समस्या

एटुजेड समाचार

काठमाडौँ – नेपाल टेलिकमको सिस्टममा समस्या देखिएको छ । सिस्टम डाउन भएसँगै टेलिकमबाट हुने सम्पर्कमा समस्या देखिएको छ । टेलिकमको सिमबाट फोन गर्दा नलाग्ने र म्यासेज गर्दा नजाने समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले १ घण्टा अघि टेलिकमको सिस्टममा समस्या आएको पुष्टि गरे । उनले रातोपाटीसँग भने- १ घण्टा अघि समस्या आएको थियो । समस्या आएलगत्तै समाधान गरेपनि फेरि समस्या देखिएको छ ।

उनका अनुसार डाउन भएको टेलिकमको सिस्टम बनाइसकेपछि पनि पुनः समस्या आएको छ । तर, सुरुवाती समयकोभन्दा धेरै हदसम्म समस्या समाधान भइसकेको उनको भनाइ छ । यस्तै, समस्या समाधान लगत्तै टेलिकममा कल आगमन बढेका कारण पुनः समस्या निम्तिएको बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु