पोखरा-मुग्लिङ सडकखण्डको काम शिघ्र सम्पन्न गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

एटुजेड समाचार

चितवन-उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पोखरा मुग्लिङ सडक खण्डको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले सोमबार आबुखैरेनीमा मुग्लिङ-पोखरा सडक खण्डको प्रगति अवस्था बारे त्यहाँको आयोजना निर्देशक,परामर्शदाता र कन्ट्याक्टरसँग छलफल गरेका छन।भने सोही क्रममा उनले छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठले आज भरतपुरका सडकहरूको अनुगमन गर्ने कार्यक्रम छ। साथै दिउँसोबाट नारायणघाट-बुटवल सडक खण्डको निरीक्षण गर्ने कार्यक्रम तय भयको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु