प्रचण्डलाई भ्रमणको निमन्त्रणा दिन भारतीय विदेश सचिव नेपाल आउँदै

एटुजेड समाचार

काठमाडौं – भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो दिन उनी नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएका छ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुनसक्ने बताएका थिए । नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार सचिव क्वात्रा जनवरीको अन्तिम साता नेपाल आउने छन् ।

नेपालमा उनले प्रधानमन्त्री प्रचण्डसँग भेटेर भारत भ्रमणको निमन्त्रणा दिनुको साथै परराष्ट्र सचिवसँग दुई पक्षीय छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड फरवरीको दोस्रो सातासम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ ।

सचिव क्वात्रा यसअघि नेपालकै राजदूत भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु