काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन । विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो । सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको कामपाको भनाइ छ ।
कोरोनाको त्रास कम भएपछि भने कामपाले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसको हो । सहमतिअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागि कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीकोे ६० कामपाको र प्रतिशत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।


रासस