तोलाको  एक लाख पाँच हजार पुग्यो सुनको मूल्य

एटुजेड समाचार

चितवन- सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार पुगेको छ ।
हिजो प्रतितोला रु एक लाख तीन हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजार एक सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार पाँच सय छ। यसको मूल्य हिजोको दिन रू एक लाख तीन हजार चार सय थियो ।

भने, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार तीन सय ९० कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु