मौलिक चाडपर्वहरुले सामाजिक एकता कायम गर्न मद्त गर्छ : मुख्यमन्त्री जम्कट्टेल 

एटुजेड समाचार

बागमती  – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालमा विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ-आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरुले नेपालीहरुमा सामाजिक एकता स्थापित गर्न फल भएको धारणाव्यक्त गरेका छन् ।

उन्ल एक शुभकामना सन्देश जारी गर्दै नेपालमा मनाइने पर्वहरुले नेपालीहरुको अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचानका रुपमा स्थापित भएको बताएका छन।

‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश विभिन्न सांस्कृतिक पर्व तथा चाडहरु हाम्रा सांस्कृतिक सम्पतिको रुपमा रहेका छन् । साथै यस किसिमका पर्वहरु हामी नेपालीहरुको अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचानका रुपमा स्थापित भएका छन्।’

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘यस्तै उनले थारु समुदायको महान् चाड माघी पर्व र मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति मकर संक्रान्ति को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’ भने उलेख गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु