माओवादी केन्द्रका धिताल गण्डकी प्रदेशको सभामुखमा निर्वाचित

एटुजेड समाचार

पोखरा ।गण्डकी प्रदेशको सभामुखमा नेकपा(माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन।
गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा मा प्रत्यक्ष निर्वाचित धिताल गण्डकी प्रदेशको सभामुखमा निर्वाचित भएका धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतदान हुँदा पक्षमा ३२ र विपक्षमा २६ मत परेको थियो।आजको मतदान प्रक्रियामा ५८ सदस्यको उपस्थिती रहेको थियो।सभामुख चयनका लागि आज बसेको प्रदेशसभाको बैठकले धिताललाई सभामुखमा चयन गरेको ज्येष्ठ सदस्य मित्रलाल बस्यालले जानकारी गराएका हुन।सभामुख पदका लागि नेपाली काँग्रेसकी सरस्वती अर्यालले पनि उम्मेदवारी दिएकी थिन। साथै सत्ता गठबन्धनमा गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा(एमाले) र सभामुख माओवादी केन्द्रले पाउने सहमति भएको थियो । सोही अनुसार नेकपा(एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु