लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली सुरु

एटुजेड समाचार

काठमाडौँ – नेसन्स इन्टरिम फोर्स इन लेबनान लेवनानमा तैनाथ श्री गोरखबक्स गणको अदली बदली हुने भएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति सेनामा तैनाथ ६३ औँ डफ्फालाई बदली गर्नको लागि पुरानो गोरख गणको ६४ औं डफ्फा मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन् ।

सो टोलीमा प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको नेतृत्वमा २१३ जना शान्ति सैनिकहरु रहेको नेपाली सेनाले जानकारी दिएको छ । सेनाका अनुसार नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँबाट सो टोली ईलाकातर्फ प्रस्थान गरेका छन् ।

उक्त टोलीलाई सैनिक सचिव सहायक रथी गौरवकुमार केसीले गत पुस २९ गते आयोजित एक समारोहमा बिदाइ गरेका थिए । उक्त मिसनमा तैनाथ श्री गोरखबक्स गणको पहिलो टोलीका २१४ जना शान्ति सैनिकहरु सेनानी ईन्द्रभक्त महर्जनको नेतृत्वमा आज नै वायुसेवा निगमको विमानमार्फत स्वदेश आगमन हुने कार्यक्रम रहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु