चितवन – तनहुँकाे देवघाटबाट सञ्चालनमा आएकाे सामुदायिक रेडियाे देवघाटले विभिन्न कार्यक्रम गदैं आफ्नाे बाह्राैं वार्षिकाेत्सव मनाउन लागेकाे छ । रेडियाे स्थापनाकाे १२ वर्ष पुगेकाे अवसरमा रेडियाेले पुष २७ गतेदेखी १० दिनसम्म विभिन्न कार्यक्रम गदैं वार्षिकाेत्सव मनाउन लागेकाे (आईतबार) आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिईएकाे छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष विजयराज शर्मा भुषालले पुष २७ गते चितवन र तनहुँतर्फकाे देवघाटमा रहेका आश्रमहरूमा फलफुल वितरण, २८ गते देवघाट – ५ स्थित धर्मार्थ अस्पतालमा निशुल्क दन्त शिविर, २९ गते देवघाट गाँउपालिका ५ मा रहेका सामुदायिक वन समितिसगँ अन्तरक्रिया तथा ३० गते देवघाटका जनप्रतिनिधिसँग नयाँ देवघाटबारे छलफल गरिने अध्यक्ष भुषालले बताए ।



त्यसैगरी रेडियाेकाे स्थापना भएकाे दिन माघ १ गते चितवन र तनहुँबाट देवघाट क्षेत्र विकास समितिकाे समन्वयमा माघे सङक्रान्ति विशेष कार्यक्रम, २ देखि ४ गतेसम्म देवघाटका पाचँबटै वडामा स्राेता सर्बेक्षण, ५ गते रेडियाे परिसरमा अन्तर माध्यमिक विधालय स्तरीय हाजिरीजवाफ प्रतियाेगिता तथा ६ गते सञ्चालक समिति,शेयर सदस्य र कर्मचारीबिच म्युजिकल चियर प्रतियाेगिता सहित पुरस्कार वितरण सम्मान र वार्षिकाेत्सवकाे समापन कार्यक्रम गरिने अध्यक्ष भुषालले बताए।
रेडियाेका महासचिव निरन्जन हाडाले नेपालकै पहिलाे धार्मिक रेडियाे स्टेशन भएकाे उल्लेख गदैं रेडियाेकाे स्थापनाकालदेखी विभिन्न कार्यक्रम सञ्चालन गदैं आईरहेकाे बताए । १०० वाट क्षमतामा सञ्चालन भइरहेकाे रेडियाे देवघाटले पृथक कार्यक्रम सञ्चालन गदैं अघि वढ्ने स्टेशन म्यानेजर सुवास लामिछानेले बताए ।
पत्रकार सम्मेलन कार्यक्रममा रेडियाेका शेयर सदस्य जानकी क्षेत्री, बजार प्रवन्धक गाेपाल चन्द्र न्याैपाने लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण स्टेशन म्यानेजर सुवास लामिछानेले गरेका थिए ।