भरतपुरमा ५ बर्ष देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै
चितवन – भरतपुर महानगरपालिकामा ५ बर्ष देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ।
महानगरको स्वास्थ्य शाखाका अनुसार कोभिडविरुद्ध हालसम्म कुनै खोप नलगाएका र पहिलो मात्रा लगाई दोस्रो मात्रा नलगाएका उक्त उमेर समूहका बालबालिकालाई पुस २२ र २४ गते खोप लगाइने भएको हो ।
बालबालिकालाई महानगरको सबै वडाका स्वास्थ्य संस्थाहरुमा खोप लगाइने महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया