मृतकको हातबाट सुनको ब्रासलेट चोरी गर्ने भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ
चितवन – मृतकको हातबाट सुनको ब्रासलेट चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिको हातमा लगाएको सुनको ब्रासलेट चोरी गरेको आरोपमा सुरक्षागार्ड पक्राउ परेका हुन्न ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित केराबारीमा यही पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँको भानु नगरपालिका वडा नंं.२ घर भई हाल जिल्ला चितवन भरतपुर– १ बस्ने वर्ष ३७ का सञ्जिव बहादुर रायमाझी घाईतेभई भरतपुर अस्पतालमा उपचार गराउदा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको शव अस्पतालकै आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखेको बेला हात लगाएको सुनको ब्रासलेट चोरी भएको थियो ।
मृतकको आफन्तले ब्रासलेट चोरी भएको थाहा पाएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अस्पतालकै सुरक्षा गार्ड खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नं. ६ घर भई हाल भरतपुर–७ बस्ने वर्ष २७ का कृष्ण राईलाई पक्राउ गरेको हो ।उनलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया