चितवनमा सौन्दर्य सम्बन्धी चारदिने निशुल्क सेमिनार सम्पन्न

एटुजेड समाचार

भरतपुर – चितवनमा सौन्दर्य सम्बन्धी निशुल्क तालिम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्वन्धि चार दिने निशुल्क सेमिनार सम्पन्न भएको हो ।

कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले कार्यक्रम उद्घाटन गदै उद्योग वाणिज्य संघ–चितवनले व्यवसायीहरुको आवश्यकता र माग अनुसार तालिम गोष्ठी सेमीनार गरिहने बताए । त्यस्तै उनले चितवन महोत्सव–२०७९ सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्न व्यूटिपार्लर व्यवसायीहरु अनुरोध गरे ।

यही पौष १७ गते देखी २० गते सम्म सञ्चालन भएको सेमिनार १०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो, संगिता अर्यालले प्रशिक्षण दिनु भएको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदीले कार्यक्रमलाई समापन गर्दै तालिमबाट सिकेका कुरा आर्थिक उत्पादनमा लगाउन सहयोग पुर्याउन मर्दत गर्ने बताए ।

चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनार उद्योग वाणिज्य संघ–चितवनको तालिम संयोजक योगिता पियाले संयोजन गरेकी थिइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु