होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके
चितवन – होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेश कुमार चुके चयन भएका छन् । बुधबार भएको महासंघको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएका हुन् । महाधिवेशनबाट ७५ सदस्यिय नयाँ कार्य समिति गठन भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षहरुमा (प्रशासन/संगठन)तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्फ धनादेवी चोखाल चयन भएका छन् ।
महासचिवमा तुल्सीराम भण्डारी, उप–महासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कलम बहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनक बहादुर सिंह, बुद्धि प्रसाद पन्त, नारायण बहादुर सेन वली र मित्र प्रसाद ढकाल चयन भए । कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ चयन भएका छन् ।
तपाइँको प्रतिक्रिया