चितवन – चितवनमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारीमा आज साँझ ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पुरुषको मृत्यु भएको हो ।
मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक तनहुँ जिल्ला भानु नगरपालिका वडा नम्बर ८ का ३८ बर्षिय सन्जिव रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए।
ठक्कर दिने ट्रक र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको र शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरिले जनाएको छ ।


