नारायणगढ मुग्लिन सडकमा ट्रकको ठक्करबाट मोटरसाइकलल चालक गम्भीर घाइते

एटुजेड समाचार

चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका ८ का ३८ वर्षीय सन्जिवबहादुर रायमाझी रहेका छन् ।

आज (आइतबार) साँझ ६ बजे नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका २९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३-००३प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गम्भीर घाइते मोटरसाइकल चालकलाई उपचारको लागि भरतपुर तर्फ ल्याईएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु