दुईसय ६७ ग्राहक विद्युत प्राधिकरण भरतपुरको कालो सूचिमा

चितवन – नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले दुई सय ६७ जना ग्राहकलाई कालो सूचिमा राखेको छ ।
प्राधिकरणले लाईन काटेको ६ महिना सम्म पनि सम्पर्कमा नआएका उनीहरुको कालो सूचिमा राखेको हो । कार्यालयका अनुसार उनीहरुबाट ७६ लाख ७५ हजार २८१ उठाउन बाँकी रहेको छ ।
कार्यालयका ईन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४÷०६५ साल देखि कालो सूचिमा रहेका ग्राहक समेत रहेका छन् । कालो सूचिमा पर्नेमा दुई सय १५ ग्राहस्त ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैर व्यवसायीक ६ वटा, व्यवसायीक २ वटा, मन्दिर, पानी आपूर्र्ती, यातायात, सिचाई १÷१ वटा ग्राहक कालो सूचिमा रहेका छन् ।


कालो सूचिमा रहेका ग्राहकको तीन पुस्ते सहित सार्बजनिक सूचना निकालेर राखिएको उनले बताए । यस केन्द्र अन्तर्गत ६३ हजार ९४९ ग्राहक रहेका छन् । उनीहरुबाट ३७ करोड ६४ लाख ४४ हजार १३३ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयहरुको रहेको छ । कार्यालयहरुको १३ करोड ७७ लाख ८२ हजार १५४ रहेको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार सडक बत्तीको रु ९ करोड ५८ लाख ८९ हजार ५३५ बक्यौता रहेको छ । व्यवसायीक भवनहरुको १ करोड ५३ लाख ६२ हजार ३७८ , गैर व्यवसायीक रु १ करोड २७ लाख ६ हजार ४१९, औद्योगिक क्षेत्रको रु २ करोड ९९ लाख ४३ हजार ६५६ बक्यौता रहेको छ । चालु आर्थिक वर्षमा बितरण केन्द्र भरतपुरले ९०३ जना ग्राहकको लाईन काटिएको छ । उनीहरुबाट रु ३ करोड १२ लाख ९१ हजार ४१६ अशुली गर्नुपर्ने रहेको छ । जस मध्ये ८५२ जनाले पुनः जडान गरेका छन् । उनीहरुबाट रु २ करोड ७७ लाख ८३ हजार २३७ अशुली गरिएको छ ।
तपाइँको प्रतिक्रिया