सत्ता साझेदार दलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने

काठमाडौं – सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ ।
कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।
जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ । साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए । न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ ।


तपाइँको प्रतिक्रिया