विविध कार्यक्रम गरी चितवनका गुरुङ समुदायले तमू ल्होसार मनाउने

चितवन – चितवनका गुरुङ समुदायले यस वर्ष पनि विविध कार्यक्रम गरेर तमू ल्होसार मनाउने भएका छन् ।
ल्होसारको अवसरमा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले विविध कार्यक्रम गर्ने भएको हो । महावौद्ध गुम्बा तीनखोलेमा ल्होसारको अघिल्लो दिन बिहीबार र पौष १५ गते शुक्रबार भव्य कार्यक्रम गरिने परिषद् चितवनकी संयोजक बिमलादेवी गुरुङले जानकारी दिईन् ।
बिहीबार हाजिरी जवाफ प्रतियोगिता आयोजना हुँदैछ । यस्तै छेलो, रस्साकसी म्युजिकल चियर, घैँटो फुटाईलगायतका कार्यक्रम पनि आयोजना हुनेछ । बिहीबार राति विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने उनले बताईन् ।


कार्यक्रममा कलाकारहरु शीतल गुरुङ, चिजा तामाङ, सविन गुरुङको प्रस्तुति रहेनेछ । यस्तै स्थानीयस्तरका कलाकारहरुको प्रस्तुति पनि रहने संयोजक गुरुङले जानकारी दिईन् । १५ गते भरतपुरको जयवुद्ध अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य परीक्षण हुनेछ । बाघ वर्गलाई बिदाई र बिरालो वर्गलाई स्वागत गर्दै गुरुङ समुदायले शुक्रबार तमू ल्होसार मनाउँदैछन् ।
तपाइँको प्रतिक्रिया