माईती नेपाल चितवनद्धारा बेचबिखनमा परेका १२ जनाको उद्धार

चितवन – माईती नेपाल चितवनले एक वर्षमा १२ जनालाई उद्धार गरेको छ । सन् २०२२ मा यौन शोषण र बेचबिखनमा परेका १२ जनालाई बिभिन्न स्थानबाट उद्वार गरिएको हो ।
उद्वार गरिएकोमा १०,जना महिला र बालिका रहेका छन् भने २ जना बालक रहेको संस्थाका कार्यक्रम संयोजक ईश्वर गिरिले जानकारी दिए । उनका अनुसार २०२१ मा १० जनाको उद्धार गरिएको थियो । जस मध्ये १८ वर्ष मुनिका ६ जना र १८ वर्ष माथिका ४ जना रहेका थिए ।
संस्थाले २०२२ मा पाँच सय आठ जनालाई बेचबिखन र यौन शोषणबाट बचाएको छ । भने चार सय ९५ जनालाई परिवारसँग पुनर्मिलन गराईएको गिरीले जानकारी दिए । यस्तै सिमानाबाट तीन सय ९६ जनालाई घर फर्काईएको र एक हजार ७१६ जनालाई बैदेशिक रोजगार सम्बन्धि जानकारी दिईएको थियो ।


उक्त अवधिमा मानव बेचबिखनका लागि लैजान लागेको आशंकामा सात सय ८८ वटा सवारी साधनमा अनुगमन गरिएको थियो । यस बर्ष माईती नेपालमा मानिस हराएको ३४ वटा निवेदन परेको र ती मध्ये १२ जना भेटिएका थिए । यस्तै संस्थामा घरेलु हिंसाका ३८ वटा निवेदन परेका थिए ।
सोही अवधिमा तीन वटा मानव बेचबिखनका मुद्दा र २३ वटा जवरजस्ति करणीको मुद्दा दर्ता भएको उनले बताए । यस वर्ष माईती नेपालले १३ जना बालबालिकाको विभिन्न संघ संस्थाहरुमा पठाएको छ । हाल माईती नेपाल चितवनको आश्रय स्थलमा रहेका छन् । चितवनमा जिल्लामा दलित, जनजाती र पिछडा वर्गका समुदायमा यो समस्या बढी रहेको उनको भनाइ थियो ।
तपाइँको प्रतिक्रिया