कांग्रेसले नीति अधिवेशन बोलाउनुपर्छ: शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले नीति अधिवेशन बोलाउनुपर्ने बताएका छन्।
चुनाव समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पुस २२ मा केन्द्रीय समिति बैठक बस्ने र त्यहाँ नीति अधिवेशन बोलाउनुपर्नेबारे पनि छलफल गरिने कोइराला बताउँछन्।
कांग्रेसले गत वर्ष मंसिरमा १४ औं महाधिवेशन गर्दा नीति अधिवेशन गरेको थिएन, नेतृत्व मात्रै चयन गरिएको थियो।
कोइरालाले गठबन्धन टुट्नुमा माओवादीसँग वार्ता गर्ने नेतृत्वको कमजोरी रहेको बताए। ती छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नेतृत्वमा रहनेहरूले खबरसमेत नदिएर कमजोरी गरेको उनको भनाइ छ।
तपाइँको प्रतिक्रिया