साम्राज्ञी ,पुष्प र सन्दीप क्षेत्री अभिनित ‘तिम्रो मेरो साथ’ को गीत रिलिज

चितवन – मोफसल यात्रामा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को शिर्ष गीत रिलिज गरिएको छ । बुधबार चितवनमा एक कार्यक्रमको बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमा दुई मुख्य पात्र अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह लाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
निर्देशक रमेश एमके पौडेलको शब्द रचना रहेको गीतमा योगेश काजि शाहकको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्रको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निकै अपेक्षा राखेको छ ।


गीत रिलिज कार्यक्रममा चलचित्र धेरै राम्रो बनेको भन्दै सबैले हेरेर साथ दिन चलचित्रको निर्देशक रमेश एमके पौडेलले अनुरोध गरे। सन्दीप क्षेत्री आफैले कार्यक्रम संचालन गर्दै धेरै राम्रो फिल्म बनेको हुनाले सबैले हेर्न अनुरोध गरे ।
चलचित्रका अभिनेता पुष्प खड्काले मोफसलमा गीत रिलिज गर्न पाउदा खुसि लागेको बताउदै राम्रो चलचित्र बनेको हुदा सबैलाई हेर्न अनुरोध गरे। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र सुटिंग गर्दा कहिले सकियो थाहा नै न भएको भन्दै ‘तिम्रो मेरो साथ’ निकै राम्रो चलचित्र निर्माण भएको हुदा यस्तो चलचित्रमा कम गर्न दिने निर्देशक रमेश एमके पौडेललाई धन्यवाद समेत दिन ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकिय सिनेमा हो ।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।
तपाइँको प्रतिक्रिया