रोट्र्याक्ट क्लब अफ भरतपुरको अध्यक्षमा लवी तिवारी

भरतपुर – रोट्र्याक्ट क्लब अफ भरतपुरको वर्ष २०२३/२४ को अध्यक्षमा लवी तिवारी चयन भएका छन् । क्लबको दोस्रो एसेम्ली समारोहमा उनलाई वर्ष २०२३/२४ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।
दोर्सो क्लब एसेम्ली गर्दै वर्ष २२ –२३ की अध्यक्ष स्वुरुप तिवारीले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएका थिए । उनले आफ्न कार्यकालमा चितवन जिल्लाका विभिन्न थुप्रै सामाजिक कार्यहरु गरिएको बताए ।
यसैगरी नवनिर्वाचित अध्यक्ष तिवारीले आफ्नाे कार्याकालमा मुलतः क्लब व्यवस्थापन र विभिन्न सामाजिक कार्य गरिने जानकारी दिए। यस क्लबले चितवन जिल्लामा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै अगाडि बढिरहेको छ।


भरतपुर स्थित दियालो फुड ल्यान्डमा भएको कार्यक्रममा जोन १४ का जेडआरआर गोविन्द पराजुली, रोटरी क्लव अफ भरतपुरका रो. भोला जोशी, क्लब पुर्व अध्यक्षहरु दिलिप श्रेष्ठ, शेर बहादुर पौडेल, दिपक कडेल, बिबेक श्रेष्ठ, पब्लिक इमेज चेयरपर्सन सविन पौडेल, बोर्डका सदस्य लगाएतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया