हीरक महोत्सवका अवसरमा आयोजित नृत्य प्रतियोगितामा वाल्मीकि शिक्षा सदन प्रथम

भरतपुर – जिल्ला स्तरीय नृत्य प्रतियोगितामा भरतपुर स्थित वाल्मीकि शिक्षा सदन प्रथम भएको छ । आज (सोमबार) भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना मावि स्कुलको हीरक महोत्सवका अवसरमा आयोजित नृत्य प्रतियोगितामा शिक्षा सदन प्रथम भएको हो ।
४० विद्यालयहरुको सहभागी भएको नृत्य प्रतियोगितामा पर्सा बजार स्थित ग्लो साइन एकडेमी दोस्रो, ग्रीन ल्यान्ड पब्लिक स्कुल भरतपुर तेस्रो, सिद्दी बिनायक स्कुल बसेनी र नारायणी बिध्या मन्दिर शिवनगर सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथमा हुनेले नगद पुरस्कार ८००० ट्रफी तथा प्रमाणपत्र, दोस्रो हुनेले नगद ६००० सहित ट्रफी र प्रमाणपत्र, तेस्रो हुनेले नगद ४००० सहित ट्रफी र प्रमाणपत्र, सान्त्वना हुने सिद्दी बिनायक स्कुल र नारायणी बिध्या मन्दिरले नगद २००० सहित प्रमाणपत्रप्राप्त गरेका हुन् ।
स्कुलले १६ गते हुने महोत्सव आजदेखिनै अपौचारिक रुपमा शुरु गरेको हो । सोही अनुसार क्रमश : भोली १२ गते अभिभावक स्याहार सुसार कार्यक्रम, १३ गते मोटरसाइकल ऱ्याली तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, १४ गते शोभायात्रा तथा रक्तदान कार्यक्रम, १५ गते पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम १६ गते फुड फेष्टीबल लगाएतका कार्यक्रम गरी समापन हुने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेल, बिद्यालयका शिक्षक शिक्षिका लगाएतको उपस्थिथी रहेका थिए ।
तपाइँको प्रतिक्रिया