भरतपुरका ३४ सहकारीलाई कोपोमिस कार्यान्वयन सम्बन्धी दुई दिने तालिम

भरतपुर – भरतपुर महानगरपालिका भित्रका ३४ वटा सहकारी संस्थालाई कोपोमिस सफ्टवेयर कार्यान्वयन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रबर्द्धन शाखाले आइतबार र सोमबार तालिम आयोजना गरेको हो । तालिममा ३४ वटा सहकारी व्यवस्थापक तथा कर्मचारीहरु सहभागी थिए ।
तालीमलाई प्रशिक्षकद्धय फणीन्द्र अधिकारी र दिपक गौतमले सहजिकरण गरेका थिए । सोमबार तालिम समापन कार्यक्रममा बोल्दै महागरका उप प्रमुख चित्रसेन अधिकारीले संस्था सञ्चालनका लागी कोपोमिस सफ्टवेयर अति नै प्रभावकारी हुने बताए ।


उनले कोपोमिस सवै सहकारी र अन्य संस्थाहरुले पनि प्रयोग गर्न अति आवश्यक रहेको प्रष्ट पारे ।’सहकारी संस्था लगायत सम्पति सुद्धिकरणलाई अनलाई मार्फत नगरपालिका, प्रदेश तथा सघिय सरकार गरि तिनै तहवाट कोपोमिस सफ्टवेयरले निरीक्षण तथा नियन्त्रण गर्ने काम कोपोमिस गर्छ’, उनले भने ।
तालिम निरन्तर रुपमा आयोजना गर्ने महानगरपालिकाले जनाएको छ ।नेपालमा अहिले ४ हजार २ सय भन्दा बढी सहकारीहरुले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् । नेपालमा २०७५ सालबाट कोपोमिस सफ्टवेयर मार्फत काम गर्न सुरु गरिएको हो । यो सफ्टवेयर प्रयोग गर्न सहकारी विभाग, केन्द्रीय सहकारी संघ तथा स्थानीय तहहरुले तालिम प्रदान गर्दै आएका छन् । सहकारी तथा गरिबी निवारण सम्बन्धि ब्यबस्थापन सुचना प्रणालीको छोटकरी रुप कोपोमिस हो ।
तपाइँको प्रतिक्रिया